जीतपुरसिमरा १९: एमालेको चुनावी सभा सम्पन्न

२९ कार्तिक २०७९, मंगलवार २०:१४ प्रकाशित

२९ कार्तिक, सिमरा
जीतपुरसिमरा १९ इनर्वासिरामा नेकपा एमालेको चुनावी सभा सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा केन्द्रिय सदस्य एवम् बारा जिल्ला सह इन्चार्ज सरस्वती चौधरी, प्रतिनिधि सभा सदस्य पदका उमेदवार एकबाल मिया , प्रदेश सभा सदस्य पदका उमेदवार देव नारायण चौधरी, मधेश प्रदेशका नि वर्तमान सांसद सुन्दर बि.क, सिता गुरुङ, एमाले मधेश प्रदेश कमिटि सदस्य एवम बारा ४ का संयोजक मनोज पौडेल, मधेश प्रदेश कमिटि सदस्य दिनेश्वर ठाकुर, एमाले नेताहरु अमृतलाल श्रेष्ठ, राजाराम चौधरी, रेणु रिमाल,अनिल गुप्ता, सहित सयौं नेता कर्याकर्ताको उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा एमाले नेतृत्वको सरकार नै आवश्यक रहेको र बारा ४ मा एकबाल मियाँ र ४ (क) मा देव नारायण चौधरीलाई जिताए मात्र संघ र प्रदेशमा एमालेको सरकार बन्ने बताउनु भयो।
त्यस्तै केन्द्रिय सदस्य चौधारीले इनर्वासिरा बासीको उत्साह जनक सहभागिताले एमालेको जीत सुनिश्चित रहेको बताउनु भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उमेदवार मियाँले ५ वर्षको अवधिमा यस क्षेत्रको बिकासका लागी काम गरेको बताउदै अधुरा काम पुरा गर्न जनताले जनमत सुम्पिने बताउदै संसदको लागी आफ्नो यो अन्तिम चुनावी यात्रा रहेको प्रतिक्रिया दिनु भयो।
प्रदेश सभा सदस्य उमेदवार देव नारायण चौधारीले क्षेत्रको बिकासको गुरु योजना सहित अघि बढेको बताउदै गरेका प्रतिबद्दतालाई पुरा गर्ने बताउनु भयो।


त्यस्तै बारा ४ का संयोजक मनोज पौडेलले बिकास, समृद्धि र सु शासनको अभियान नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताउनु भयो।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी बिसौ व्यक्ति एमाले प्रवेश गरेका छन्। उक्त कार्यक्रममा सर्मानन्द दुवे लगाएतका कलाकारले सांगीतिक प्रस्तुती समेत दिएका छन्।

२९ कार्तिक २०७९, मंगलवार २०:१४  मा प्रकाशित

Write your Comment