मंसिर १, सिमरा
पचतौरा नगरपालिकामा एमालेबाट बिजयी नगर प्रमुख जालन्धर सिङ र पुर्व नगर प्रमुख एवम् जसपा नेता रमेश कुमार यादव बिच नगरपालिका संचालन सम्बन्धमा रहेको लामो बिबाद समाधान भएको छ । नेकपा एमाले र जसपा बिच सहमतिको बातावरण बनाउन एमाले पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलको संयोजकत्वमा बनेको कार्यदलको बैठकले सबै पक्षलाई राखी समाधानका उपाय निकालेको हो ।
उक्त कार्यदलमा एमालेबाट पुरुषोत्तम पौडेल र बिनोद साह तथा जसपा बाट प्रयाग राय यादव र रामबाबु यादव सङलग्न हुनुहुन्थ्यो ।
उक्त निर्णय सङै एमाले र जसपा बिच तालमेलका तपशिलका उमेदवारलाई मतदान गरी अत्याधिक बहुमतले बिजयी गराउन एमाले र जसपाले संयुक्त रुपमा अपिल गरेको छ ।
प्रतिनिधि सभा सदस्य उमेदवार बारा क्षेत्र नम्बर २ – राम साहाय प्रसाद यादव
प्रदेश सभा सदस्य उमेदवार २ (१) – बलबीर चौधरी
प्रदेश सभा सदस्य उमेदवार २ (२) – बच्चा राउत अहिर