मधेश प्रदेश सभा सदस्य देव नारायण चौधरीलाई शुभेच्छुकको खुल्ला पत्र

९ मंसिर २०७९, शुक्रबार १९:३८ प्रकाशित

प्रिय देवनारायण सर । तपाईंलाई हार्दिक बधाई ।
करिब साढे तीन हजार बढी मतान्तरले चुबाव जित्दै तपाईंले मधेश प्रदेशको प्रदेश सभामा आफ्नो उपस्थिति सुनिश्चित गर्नु भएको छ ।अघिल्लो पटक चुनाव हार्नु भएको तपाईंले यस पटक चुनाव जित्नु भएकोमा खुसी लाग्यो ।
मधेश प्रदेशमा बदलिँदो राजनैतिक परिवेश, सामाजिक र आर्थिक स्थिती र प्रदेशको भुगोलसङ परिचीत तपाईंले यस प्रदेशको समग्र उत्थानका लागी महत्वपूर्ण भुमिका पक्कै निभाउनु होला । प्रतिनिधि सभामा एकल सिफारिसका बिच पार्टीको निर्णयलाई शिरोधार्य गर्दै प्रदेश सभामा चित्त बुझाउनु भएका तपाईंलाई अझै पनि बारा ४ (ख) का तपाईंका शुभ चिन्तकले जनप्रतिनिधिको रुपमा हेर्छन् रे, त्यहाका जनतालाई समेत आभास हुने गरी प्रदेश सभामा तपाईंले पक्कै गर्विलो उपस्थिति जनाउनु हुनेछ भन्ने बिश्वास लिएको छु ।
चुनाव जितेसङै केही प्रश्नहरु अनुत्तरित छन् देवनारायण सर,
– कुशल र सफल गाबिस अध्यक्षको पगेरी पाउनु भएका तपाईं अब कुशल बिधायकको रुपमा पनि स्थापित हुन सक्नु हुन्छ होला है?
-अब त नगौलले पनि एउटा बिधायक पाएको छ, बर्षौ देखि उही अवस्थामा रहेको नगौल देखी घुसुकपुर जोड्ने सडक खण्डको स्तरोन्नति हुन्छ होला है सर ?
-भौतिक बिकासका कामहरु हुन्छन् होला है?
– तपाईं लगाएत धेरैले अवलम्बन गरेका कृषि पेशामा थुप्रै समस्याहरु छन् , ती समस्या समाधानको पहल गर्न तपाईंले प्रदेशको रोस्ट्रममा गर्विलो आवाज उठाउनु हुन्छ होला है?
– सिमरा रंगशाला र हरपुर क्रीकेट मैदानको स्तरोन्नति हुन्छ होला है ?
– चुनाव जितेर पाँच बर्ष पछि मात्रै गाउँ फर्किने प्रवृत्ति तपाईंमा लागु नहोला है सर?
-सांसद र आम नागरिकको दुरी कम गर्न युवा, विद्यार्थी, महिला लगाएतसङ निरन्तर छलफल र प्रतिक्रिया गर्दै गर्नु हुन्छ होला है सर ?
– तपाईंलाई वाहवाही गर्नेहरुको भिडबाट अलिकत पर रहेको आलोचनात्मक चेत बोकेकाहरुको आवाज पनि सुन्नु हुन्छ होला है सर?
-इमान, निष्ठा र त्यागी नेताको परिचय स्थापित गराउनु भएका तपाईंले आगामी पाँच बर्षमा यस क्षेत्रको समग्र बिकासका लागी महत्त्वपूर्ण भुमिका खेल्नु हुन्छ होला है?
यिनै प्रश्नहरुका बिच तपाईं रहनु भएको छ सर, आशा छ भुइँ मान्छेको प्रतिनिधि तपाईंले हाम्रो आशालाई निराशामा परिणत गर्नु हुने छैन ।
राजनैतिक जीवनमा बिरलै प्राप्त हुने यो अवसर तपाईंलाई मिलेको छ । तपाईंको कार्यकालको पुर्ण सफलताको कामना सहित हार्दिक बधाई व्यक्त गर्दछु ।                                         – उही तपाईंको शुभ चिन्तक

९ मंसिर २०७९, शुक्रबार १९:३८  मा प्रकाशित

Write your Comment