सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलसरकार ढलेको छ । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो ।
प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । रावलले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा दिने जानकारी गराए ।
पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।
तर, विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडानले उनले विश्वासको मत पाउन सकेनन् । केही दिनदेखि नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौं आएर बसेका थिए ।
बिहीबार बिहान ७ सांसदसँगको तस्बिर राख्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी थिइन् ।