एमालेको ग्रासरुट अभियान बाराका गाउँ गाउँमा

१३ फाल्गुन २०७९, शनिबार १९:५० प्रकाशित

बारा १३ फागुन :
नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीको बैठक आज सिमरामा सम्पन्न भएको छ । बैठकमा बोल्दै पोलिट्व्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कार्यकर्ताको एकताले नै हरेक खालका समस्याको समाधान गर्न सकिने बताउनुभयो । उहाँले विगतमा पाँच दलिय गठबंधनले एमालेलाइ हराउन खोज्दा पनि हराउन नसकेको उल्लेख गर्दै स्थानीय कमिटी ब्यबस्थित र पार्टी कार्यकर्तालाई बैचारिक प्रशिक्षणका लागि एमालेले ग्रासरुट अभियान सन्चालन गरेको स्पष्ट पार्नु भयो । कार्यक्रममा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका प्रतिनिधि अरविन्द सिंहले ग्रासरुट अभियानको बारेमा प्रष्ट पार्नुभएको थियो ।
नगर अध्यक्ष भोला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेस कमिटि सदस्यहरु सुन्दर बिक,मनोज पौडेल,किशोर शर्मा,राजमहमद राय,सीता सुवेदी,दिनेश ठाकुर,चयन गुरुङ,जिल्ला कमिटी सदस्यहरु कमला घिमिरे,अमृतलाल श्रेष्ठ,भरत घलेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नगर उपसचिव त्रिलोक बिक्रम साह, स्वागत अर्का उपसचिव झपेन्द्र बरालले गर्नुभएको थियो ।
बैठकले वडा कमिटीका बैठकहरु तय गरेको छ । त्यसका साथै जनसङ्गठन संयन्त्रको भेला आयोजना गर्नुकासाथै स्थानीय तह सन्चालनका लागि पालिका दल तथा वडा दल निर्माण गर्ने निर्णय गरेको छ । वडामा जिल्ला कमिटी सदस्यहरुलाई ग्रासरुट अभियानको प्रतिनिधि खटाउने समेत निर्णय गरेको छ ।

१३ फाल्गुन २०७९, शनिबार १९:५०  मा प्रकाशित

Write your Comment