जनहित उपभोक्ता समितिको कार्यालय भित्र ट्रस्ट भवनको शिलान्यास

२०८० जेष्ठ १४, आईतबार प्रकाशित

जनहित उपभोक्ता समितिको कार्यालय भित्र ट्रस्ट भवनको शिलान्याश
पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेको जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवनको शिलान्याश गरिएको छ ।शनिवार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडा अध्यक्ष तारा बहादुर कार्कीले शिलान्याश गरेका छ्न ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को ५ लाख र उपमहानगरपालिकाको कार्यालयको ३ लाख गरि जम्मा ८ लाखको लागतमा जनहित उपभोक्ता समितिको कार्यालय परिसर भित्र ट्रस्ट भवन निर्माण हुन् लागेको जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठले बताए ।

शिलान्याश पछि बोल्दै अध्यक्ष कार्कीले आफ्नो वडा क्षेत्र भित्र जनहित उपभोक्ता समितिको कार्यालय न पर्ने भए पनि आफुले उक्त कार्यालयमा तालिम गोष्ठि सेमिनार गराउनको लागि सजिलो हुने उदेश्यले वडा बाट ५ लाख रकम सहयोग गरेको बताएको छ ।निर्माण हुन् लागेको ट्रस्ट भवनमा १५० जना सम्म एकै पटक गर्दा कार्यक्रममा सहभागी हुन सक्ने क्षमतारहने जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठले बताए ।
उक्त शिलान्याश कार्यक्रममा भिमेश्वर मध्यवर्ती सामुदायिक वन समूहका अध्यक्ष पेशल मुल्मी लगाएतको उपस्थिति रहेको थियो ।

Write your Comment