निजगढ सामुदायिक अस्पतालको अध्यक्षमा माधव न्यौपाने निर्विरोध चयन

२०८० जेष्ठ १४, आईतबार प्रकाशित

बाराको निजगढमा रहेको समुदायमा आधारित प्रसुतीगृह निजगढ सामुदायिक अस्पतालको नयाँ संचालक समितिमा अध्यक्षमा माधव न्यौपाने निर्विरोध चयन भएका छन् । निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु बीच भागवण्डामा सहमति भएपछि सर्वसहमतिमा समिति चयन गरी आज घोषणा, सपथ तथा पदबहाली गरेको हो ।

संचालक समितिको उपाध्यक्षमा सावित्री भारती, सचिवमा कैलाश तिमल्सिना, सहसचिवमा सरिता राई र कोषाध्यक्षमा भाइकाजी श्रेष्ठ रहेका छन ।

त्यसैगरी सदस्यहरुमा मुकुन्द पौडेल, सीतादेवी रिसाल, समुन्द्र नेपाल, रामबाबु पौडेल र पदेन सदस्य वडाअध्यक्ष रामचन्द्र कटुवाल रहेका छन ।

निर्वाचन समितिका संयोजक डा. शतिस निरौला, सदस्यहरु अम्बिका चौलागाई, शर्मिला विक, र निबर्तमान अध्यक्ष एक बहादुर श्रेष्ठ रहेको समितिले सहमति जुटाएको हो । निर्वाचन घोषणा तथा सपथ कार्यक्रममा नेपाली काग्रेस नगर सभापति नवराज तिमल्सिना, एक बहादुर श्रेष्ठ लगायतकाले मन्तब्य ब्यप्त गरेका थिए ।

साधारण सभाले प्रसुतिगृहलाई शहिद हिरालाल स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान नामाकरण गर्ने , अस्पताललाई ५० शैयाको बनाउने , प्राविधिक सहित भेन्टिलेटर सहितको एम्बुलेन्स ब्यबस्था गर्ने , मृगौला डाईलासिस सेवा सुचार गर्न पहल गर्ने, सिटिईभिटिको कक्षा सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ ।

Write your Comment