प्रकृति लम्सालको शव बेलहिया ल्याइयो,भैरहवामा दाहसंस्कार गरिने

२०८१ फागुन ७, बुधबार प्रकाशित

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको शव नेपाल भारत नाका बेलहिया ल्याइपुर्याइएको छ । लु१च९८३६ नम्बरको एम्बुलेन्समा उनको शब ल्याइएको छ ।

बुधबार अपराह्न ५ बजेतिर गोरखपुर ल्याइएको प्रकृतिको शवलाई राति ९ बजेतिर बेलहिया ल्याइएको हो । केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याउन लागिएको हो। लम्सालको भैरहवामा दाहसंस्कार गरिने छ ।

Write your Comment