एमाले मधेस प्रदेशको बैठक जनकपुरमा सम्पन्न,पार्टी सदस्यताको नविकरण तथा नयाँ सदस्यता आवेदन उत्साहजनक रुपमा अघि बढेको निश्कर्ष

२०८० श्रावण २, मंगलबार प्रकाशित

नेकपा एमाले मधेस प्रदेश सचिवालय कमिटीको बैठक आज जनकपुरमा सम्पन्न भएको छ । बैठकले पार्टी सदस्यताको नविकरण तथा नयाँ सदस्यता आवेदन उत्साहजनक रुपमा अघि बढेको निश्कर्ष निकालेकोछ । प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादब अध्यक्षतामा र केन्द्रिय सचिब तथा मधेस प्रदेश इन्चार्ज योगेश भटटराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यस्तो निश्कर्ष निकालेको हो । देशै भरी एमालेका कार्यकर्ताको नबिकरण गर्नेको संख्या घटेको चर्चा चलिरहेको बेला मधेस प्रदेशमा नबिकरण तथा नयां सदस्यता आबेदन उत्साहजनकरुपमा अधिबढेको निश्कर्ष निकालेको छ । सदस्यताको अभिलेखिकरण र प्रमाणीकरणको जिम्मेवारी अध्यक्ष राम अवतार यादब र जिल्लाका संगठन बिभाग प्रमुखहरुलाई प्रदान गर्नुका साथै साउन १५ सम्ममा यो काम सम्पन्न गर्ने निणय गरेको छ ।
त्यसैगरी बैठकले आगामी असोज ५ र ६ गते जनकपुरमा आयोजना गरिने पार्टीको मधेस प्रदेश अधिबेशनको उदघाट्न अध्यक्ष केपी ओलीद्वारा गराउने र अधिवेशन तयारीका लागि बिभिन्न उप समितिहरु गठन गरेको छ । साथै बिभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेस गर्ने नेता तथा कार्यकर्ताको ब्यबस्थापना गर्न सुमन प्याकुरेलको संयोजकत्वमा रेवती पन्त र जिल्ला ईन्चार्ज र अध्यक्ष रहेको एक कार्यदल गठन गरेकोछ ।
बैठकले मिथिला पार्टी भवन निर्माणका लागि लिला श्रेष्ठको संयोजकत्वमा जुली महतो, उमशंकर अडगरीया, राम अवतार यादब, सरोज यादब, दीपेन्द्र ठाकुर, मनोज खड्का, राजकिशोर यादव र अशोक केसी रहेको समिती गठन गरेको मधेस प्रदेश इन्चार्ज योगेश भटटराईले जानकारी दिनु भयो ।
उहाका अनुसार मधेसको आर्थिक÷ सामाजिक रुपान्तरणको तत्कालिन तथा दिर्घकालीन कार्यक्रम तयारीका लागि जुली महतोको संयोजकत्वमा एक समिति गठन गरियो । बिभिन्न क्षेत्रका विज्ञहरुलाई समावेस गरेर समितिलाई पूर्णता दीइने छ । प्रदेसभरी र बिभिन्न विज्ञहरुसँग छलफल र अन्तरकृया गरी अवधारणा पत्र तयार गर्ने निर्णय बैठकले गरेको छ ।
बैठले अधिवेशन गर्न बाँकी जनसंगठनहरुको प्रदेश अधिवेशन भाद्र २० गतेभित्र गरी सक्न र जिल्ला अधिवेशन मंसिर भित्रमा गर्न निर्देशन गरिएको पोटिब्युरो सदस्य पुरुषोत्तम पौडेलले जानकारी दिनु भयो । साथै २०८० चैत्रभित्रमा प्रदेस कमिटी, आठवटा जिल्ला कमिटी, १३६ पालिका कमिटी, १२७१ वडा कमिटी र ११४३९ वटा टोल कमिटीको अधिवेशन तथा गठन÷ पुनर्गठन सम्पन्न गर्ने निर्णय गरिएको छ । वडा तहसम्म पार्टी कार्यालय ब्यबस्था गरी पार्टी कामलाई ब्यबस्थित गर्दै जनगुनासा सुन्ने र सम्बोधन गरिने छ । प्रदेश, जिल्ला, पालिका र वडातहसम्म आवासीय प्रशिक्षण संचालन गरिने निर्णय गरीएको पौडेलले जानकारी दिनु भयो ।

Write your Comment