अमलेशगञ्जमा मनाइयो तमु ल्होसार पर्व

२०८२ पौष १५, मंगलबार प्रकाशित

गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार २०८२ को अवसरमा तमु क्लब अमलेखगञ्जले मंगलबार जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ को अमलेशगञ्जमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कोपिला गुरुङको अध्यक्षतामा र जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष सुभाष श्रेष्ठ, समाजसेवी नवराज कार्की लगायतले तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नरन गुरुङको सहजीकरणमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा कार्यालयको तर्फबाट गुरुङ समुदायको पहिचान झल्किने पोशाक वितरण गरिएको थियो। सो अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए।

Write your Comment