NCSC को अध्यक्षमा घनेन्द्र न्यौपाने बिजयी

२०८३ श्रावण १०, आईतबार प्रकाशित

श्रीराम रेग्मी

क्यालगरी क्यानडा

क्यानडाको क्यालगरीमा रहेको नेप्लिज कम्युनिटि अफ क्यालगरीको अध्यक्षमा घनेन्द्र न्यौपाने बिजयी भएका छन् । शनिबार भएको निर्वाचनमा न्यौपाने बिजयी भएका हुन् । उनले आफ्नो प्रतिद्वन्दि सुर्य अधिकारी भन्दा २१५ मत बढी ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपानेले ७५३ मत ल्याउदा अधिकारीले जम्मा ५८३ मत ल्याए । कुल १३६० खसेको मत मध्ये २४ मत बदर भएको निर्वाचन आयुक्त करूणा सेढाईले जानकारी दिईन् ।

बिहान ६ बजे देखि साझ ६ बजे सम्म भएको अनलाइन भोटिङमा ८६.३० प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । कुल १५७६ मतदाता रहेको संस्थामा उत्साहजनक मत खसेको समेत आयुक्त सेढाईले जानकारी दिईन् ।

यस्तै संस्थाको कार्यसमितिको सबैपदमा न्यौपाने समर्थित उमेदवारहरू बिजयी भएका छन् । संस्थाको उपाध्यक्षमा अरूण लामाले ७०२ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी युवराज गुरूङले ६१८ मत मात्र प्राप्त गरे । यस्तै सचिबमा ७०१ मत ल्याएर बिश्वनाथ भण्डारी बिजयी भएका छन् भने अर्का उमेदवार सुमन चौलागाईको ६१० मत रहेको छ । कोषाध्यक्षमा ध्रुव निरौला बिजयी भएका छन् । उनले ६६६ मत ल्याउदा उनका प्रतिद्वन्दि श्रद्धा रूपाखेतीले जम्मा ६३६ मत प्राप्त गरिन् । सहसचिवमा न्यौपाने टिमका रमेश बस्नेतले ७७६ मत प्राप्त गरी बिजयी हुदा अधिकारी टिमका नबिन पौडेलले ५०७ मत प्राप्त गरे ।

 

कार्यसमितिको इभेन्ट कोअर्डिनेटरमा कृष्ण गौतम बिजयी भएका छन् । उनले ७१० मत प्राप्त गर्दा किशन गुरूङले जम्मा ५९८ मत प्राप्त गरे । यस्तै मिडिया कोअर्डिनेटरमा ७९३ मत प्राप्त गरी कमल पौडेल बिजयी भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मी लम्साल खनालले जम्मा ४९३ मत प्राप्त गरिन् ।

वुमन कोअर्डिनेटरमा गिता शर्मा ६६० मत ल्याएर बिजयी हुदा नारायणी अधिकरी ढकाल पुजाले ६४० मत प्राप्त गरिन्। यस्तै कल्चर एण्ड हेरिटेज कोअर्डिनेटरमा पुजा शिवाकोटि ७६२ मत सहित बिजयी हुदा उनका प्रतिस्पर्धी कृष्ण पौडेलले ५१९ मत प्राप्त गरे ।

समितिको युथ एण्ड स्पोर्ट्स कोअर्डिनेटरमा योगेन्द्र खत्री ७६३ मतसहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दि सन्तोष देवकोटाले ५२७ मत मात्र प्राप्त गरे ।

यस्तै सिनियर एण्ड न्युकमर कोअर्डिनेटरमा भिमलाल अर्याल ७९४ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दि डायना ताम्राकारले जम्मा ५०८ मत प्राप्त गरिन् ।

निर्वाचित कार्यसमितिको सपथ तथा पदभार ग्रहण जुलाई ३१ मा हुने निर्वाचन संयोजक प्रकाश वस्यालले जानकारी दिए ।

Write your Comment