सर्वोच्वको विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न दिएको आदेश दुर्भाग्य पुर्ण –संयोजक पौडेल

२०७६ मंसिर २१, शनिबार प्रकाशित

बारा २१ मंसिर
टॉगियाबस्तिमा निर्माणहुन लागेको निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले शुक्रबार जारीगरेको आदेश जनचाहना बिपरीत भएको जितपुरसिमरा सार्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेलले बताउनु भएको छ । देसि बिदेशि शक्तिहरु बिमानस्थल निर्माणको कामलाई रोक्न लागिरहेको बेला सर्वोच्वको यस्तो आदेस आउनु आफैमा दुखदायि हो पौडेलले भन्नु भयो । उहांले यो बिमानस्थल पुर्ण क्षमतामा संचालनमा आउदा दैनिक २ लाख यात्रुहरुको आवागमन हुने,दैनिक १५ सय उडान अवतरण र संसारको सुरक्षित र ब्यवस्थित बिमानस्थल मध्ये एक हुने भएकोले यो बिमानस्थल संचालनमा आउदा पर्यटनको क्षेत्रमा अतुलनिय फडको मार्ने भएकोले करीब १८ लाख जनसंख्याले यसबाट प्रत्यक्ष रोजगरी प्राप्त गर्न सक्ने संयोजक पौडेलको भनाइ छ । निजगढ दोस्रो अन्तराट्रिय बिमानस्थल समृद्धिको आधार भएकोले कुनेपनि बहानामा यो रोक्नु मुलुकै लागि दुर्भाग्य पुर्ण भएकोले शुक्रबारको सर्वोच्वको अन्तरीम आदेश सच्याउन संयोजक पौडेलले माग गर्नु भएको छ ।

Write your Comment