देवताल गाउँपालिकाले सुरु गर्यो लामखुट्टे मार्ने औषधि छर्न

२०७६ चैत्र १८, मंगलबार प्रकाशित

बारा १८ चैत्र

बाराको देबताल गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका वडाहरुमा लामखुट्टे मार्ने औषधि स्प्रे गर्न सुरु गरेको छ । गर्मी याम सुरु भएदेखि विभिन्न गाउँमा लामखुट्टेलगायत विभिन्न खालका किराहरूको कारणले गर्दा संक्रमण बढ्ने देखिएकोले औषधि छर्न सुरु गरिएको देवताल गाउँपालिकाका अध्यक्ष चन्दन कुमार सिंहले बताउनुभयो । हामीले औषधी छर्न शुरु गरेका छौं अब सबै वडा र गाउँहरुमा औषधि पुर्याउछौं उहाँले भन्नुभयो । सो अवसरमा स्प्रे गरेर कार्यक्रमको अध्यक्ष सिंहले सुरुवात समेत गर्नुभएको थियो ।

देवताल गाउँपालिकाका गाउँहरुमा औषधि स्प्रे गर्नुका साथै स्वास्थ्यकर्मीहरु द्वारा कोरोना भाइरस सम्वन्धीत जनचेतना जगाउने,बाहिरबाट आउनेहरु र स्थानीयको स्वास्थ्य जाँच गर्नका लागि क्वारेन्टाइनको निर्माण गरिएको देबताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीब कुमार यादवले जानकारी दिनुभयो ।

Write your Comment