वडाध्यक्षमाथि गोली प्रहार

२०७७ बैशाख १९, शुक्रबार प्रकाशित

कपिलवस्तु :
कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ ।
जिल्लाको यशोधरा गाँउपालिका–८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गएराती करिब १ बजे वडा ८ खोरिया गाउँस्थित आफ्नै घरमा चार राउण्ड गोली प्रहार भएको हाे ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार उनी सुरक्षित रहेका छन् ।
सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Write your Comment