कोल्हवी नगरपालिकाकाे रमपुर्वामा आएको हावाहुरीले ले ३४ घरमा क्षति

२०७७ जेष्ठ १२, सोमबार प्रकाशित

बारा १२ जेठ
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ रामपुर्वामा आइतबार रातीआएको भिषण हावाहुरीका कारण ३४ घरमा क्षती भए संगै ५ वटा बिजुलीको पोल समेत ढलेको छ ।
अचानक आएका हावाहुरी संगै बर्षा हुंदा रामपुर्वाको सानो टोलमा दलित, गरिब र मजदुर लगायतका घरहरुमा क्षती पुगेको छ । कतिपय घरको छाना उडाएको छ भने कसैको घर समेत ढलेको छ । क्षती हुनेमा अधिकाँस माझी र पासवान लगायत थारुहरु रहेका छन ।
करिब पाँच वटा बिजुलीको पोल ढलेको हुँदा कोल्हबी नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा बिजुलीको लाइन समेत काटिएको छ । त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा पनि हावाहुरीले घरको छाना उडाएको छ ‌।

Write your Comment