वीरगञ्ज २४ श्रावण
वीरगञ्जमा शक्तिशाली विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज-४, विर्ता बजारमा शुक्रबार साँझ बिस्फोट हुँदा उनीहरू घाइते भएका हुन् । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको स्रोतले बतायो । स्थानीय मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको जनाइएको छ । घाइतेको नाम सार्वजनिक गरिएको छैन । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।जिल्ला प्रहरी कार्यालय, पर्साले विस्फोटक पदार्थ पड्किएर ३ जना घाइते भएको पुष्टि गरेको छ । तर बम नभइ माल्टा बारुद भनिने पटका पड्किएकोजस्तो देखिएको प्रहरी दावी छ । घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बिस्फोटबारे थप विवरण आउन बाकि छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

