थप २७६०जना संक्रमित ,३३ जनाको मृत्यु

२०७८ अषाढ १७, बिहिबार प्रकाशित

काठमाडौं १७ आषाढ :
बितेको २४ घण्टामा मुलुकमा २७६० जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ (पीसीआर ७१३० वटा) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मृत्यु संख्या ९१४५ पुगेको छ । मृत्युदर १.४३ प्रतिशत छ ।
नेपालमा थप ४०१७ जना कोभिड बिरामी निको भएका छन् । निको हुने दर ९३.७ प्रतिशत छ । सक्रिय संक्रमित संख्या बिहीबारसम्म ३१ हजार ३६८ छ । सक्रिय संक्रमित प्रतिशत ४.९० प्रतिशत छ ।

Write your Comment