थप २९३६ जनामा काेराेना सङ्क्रमण, ४३ जनाकाे मृत्यु

२०७८ श्रावण १, शुक्रबार प्रकाशित

काठमाडौं १ श्रावण :
नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ४३ जनाको ज्यान गएको छ । बगते २४ घण्टामा र यसअघिको विवरण प्राप्त भएकोसहित ४३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ६ जना पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा दुई हजार नौ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६ जना र चार हजार पाँच सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा नाै सय ३० जना गरी दुई हजार नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा अहिलेसम्म सात लाख १२ हजार तीन सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै बितेको२४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २८ हजार दुई सय ४३ जना पुगेको छ ।

अहिले नेपालमा २६ हजार आठ सय २७ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ७८ जनाको आईसीयू र एक सय ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।

Write your Comment