कन्हैया र तनवीरले एक अर्काको भोट काट्दा भाजपालाई फाइदा त हुँदैन ?

१३ बैशाख २०७६, शुक्रबार ०६:५० प्रकाशित

बीबीसी । बेगूसरायमा चाहे जसले जितुन तर स्थानीयहरु कन्हैया कुमारको कारण आफ्नो सहरले भारतभर चर्चा पाएको कुरा गर्न थालिसकेका छन् ।

कन्हैयाकै कारण पहिले कहिले विहार नगएका मानिस बेगूसराय पुगेको छन् । यसले गर्दा त्यहाँका होटेलमा कोठा पाइन छाडेको छ । यहाँसम्मकी विदेशी अनुसन्धानदाता पनि कन्हैयाको चुनावी अभियानलाई नजिकबाट हेर्नको लागि बेगूसरायमा छन् ।

फ्रान्सका थोमस यीनै अनुसन्धादातामध्ये एक हुन् । बुधबार दिउँसो उनी कन्हैयाको चुनावी प्रचार हेर्न गएका थिए । हालसम्मको अवलोकनबाट थोमसलाई कन्हैया जातीय भोट बैंकलाई तोडिरहेको मान्छन् । यसलै कन्हैयाले हरेक जातिबाट भोट पाउने थोमसको बुझाई छ ।

थोमस पछिल्लो १२ दिनदेखि बेगूसरायमा छन् । यस बीच उनी मुसलमान बस्ति गइरहेका छन्, दलितसँग भेटिरहेका छन् । थोमसलाई बेगूसरायको गल्लि र गाउँ झारखण्डबासी सरफराजले घुमाइरहेका छन् । सरफराज जेएनयूमा इतिहास विषयमा एमए गरिरहेका छन् ।

सरफराज भन्छन् ,‘मुसलमानमा कन्हैयालाई लिएर निक्कै आशावादी छन् । ति कन्हैयाको कुरा ध्यानसँग सुनिरहेका छन् । मुसलमान उमेद्वार तनवीर हसनको कारणले द्विधिधा त निश्चयनै छ । तर ५० प्रतिशतभन्दा बढी मुसलमानको मत कन्हैयाले पाउछन् भन्नेमा निश्चित छु ।’

बेगूसरायमा मुसलमान मतदाताको जनसंख्या तीन लाख छ । जातिय मतदाताको हिसाबमा सबैभन्दा ठूलो जाति भूमिहार हो । भूमिहार मतदाता चार लाख छन् ।

भूमिहारपछि दलित मतदाता धेरै छन् । सरफराजको अवलोकनमा कन्हैयाले उनकै जाति भूमिहारबाट भने धेरै मत पाउने छैनन् ।
कन्हैया जल्लेबाड भूमिहार हुन् । यो जातिका मतदाता कुल भूमिहारको आधा छन् । यसले गर्दा कन्हैयाले जातिय हिसाबमा मत पाइहाले पनि त्यो समूहबाट पाउनेछन् । तर कन्हैयाले अरु उमेद्वारजस्तो हालसम्म जातिय आधारमा आफूलाई मत हाल्नुपर्छ भनेका छैनन् ।

बेगूसरायको मुसलमान मतदातालाई आकर्षित गर्नको लागि विहारका प्रभावशाली लालू प्रसाद यादवको पार्टी राजदले मुसलमान उमेद्वार तनवीर हसनलाई उठाएको छ । बेगूसरायका आम मूसलमान तनवीरसँगै रहेको कुरा त गर्छन् तर कन्हैयाको पनि तारिफ गर्छन् ।

१३ बैशाख २०७६, शुक्रबार ०६:५०  मा प्रकाशित

Write your Comment