बारा २२ जेष्ठ
विश्व वातावरण दिवसका अवसरमा बाराको सिमरामा बिभिन्न बन समुहहरुले संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा जगदम्बा स्टिलको प्रदुषणबिरुद्ध आवाज उठेको छ ।
जनहित उपभोक्ता समितीको आयोजना तथा जनकल्याण साकोस सहित बिभिन्न बन उपभोक्ता समितीको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
बाराको सिमरामा आयोजना गरिएको कार्यक्रममा नगरका उद्योगले बातावरणलाई अत्याधिक प्रदुषण गराइरहेको भन्दै अव उद्योगको प्रदुषण बिरुद्ध आवाज नउठाउने हो भने सिमराको समुदायलाई घातक सिद्ध हुने बक्ताहरुको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद सुन्दर विस्वकर्माले वातावरण संरक्षणमा स्थानिय तहले गम्भिर रुपमा भुमिका खेल्नुपर्ने बताए ।
बोलेर भन्दा संकल्प गरेर बातावरण संरक्षणमा लाग्नुपर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बिश्वकर्माले उद्योगको प्रदुषण बिरुद्ध बिगतमा गरिएका आन्दोलनले कुनै सार्थकता नपाएको भन्दै उद्योगपतीसंग प्रलोभनमा पर्ने ब्यक्तिकै कारण आज सिमरामा यो अवस्था आएको धारणा राखे ।
यसैगरी पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले वातावरण संरक्षणमा बनजंगलको संरक्षण नै महत्वपुर्ण रहेकाले सबैले आ आफ्नो तहबाट बन संरक्षणको बाटोमा लाग्नुपर्ने धारणा राखे ।
सिमरामा रहेको उद्योगधन्दाले मनलाग्दी र बातावरण ऐन बिरुद्ध प्रदुषण फैलाईरहकोमा स्थानिय सरकारले पनी प्रदुषण नियन्त्रण गर्न नसकेको कतिपयको भनाई छ ।
सिमरामा बिशेषगरी जगदम्बा स्टिलको प्रदुषणले मानिसलाई नकारात्मक असर पारिरहको भन्दै सिमराका सामाजिक अभियन्ता मनोज पौडेलले जगदम्बाको प्रदुषण आतँक नरोक्ने हो भने सिमरामा मानव जिवन नै संकटमा पर्दै गइरहको ध्यानाकर्षण गराए ।
सोही उद्योगकै प्रदुषणले सिमरामा ३ जनाको क्यान्सरले मृत्यु भइसकेको भन्दै पौडेलले उद्योगको थप नयाँ संचालनमा ल्याउन लागेको जस्ता प्लान्टले सिमराको वातावरणमा भयावह अवस्था सिर्जना गर्ने
जिकिर गरे ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिर, जनकल्याण साकोस सिमराका अध्यक्ष मधुसुदन सिटौला, भिमेश्वर सामुदायिक बनका अध्यक्ष पेशल मुल्मीे लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा मध्यवर्ती सामुदायिक बन क्षेत्रका बिभिन्न उपभोक्ता समितीका पदाधिकारीहरु लगाएत वातावरण संरक्षणको अभियानमा लागेका सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।
जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा राधाकृष्ण सा. बनका अध्यक्ष चोला बहादुर पण्डितले स्वागत मन्तब्य ब्यक्त गरेभने जनकल्याण साकोसका प्रतिनिधिले कार्यक्रम संचालन गरेका थिए ।