न्यायिक तथा कार्यसम्पादन सम्बन्धि दुई दिने प्रशिक्षण पचरौतामा सुरु

२० असार २०७६, शुक्रबार १४:५४ प्रकाशित

बारा २० आसाढ
न्यायिक तथा कार्यसम्पादन सम्बन्धि दुई दिने प्रशिक्षण पचरौतामा सुरु रिम मिडिया एन्ड स्किल प्रा लि को आयोजना र पचरौता नगरपालिकाको सहयोगमा न्यायीक तथा कार्यसम्पादन सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम आजबाट बाराको पिपरपातिमा सुरु भएको छ । कार्यक्रमको पचरौता नगरपालिकाका प्रमुख रमेस यादबले उदघाट्न गर्नु भयो । कार्यक्रममा बोल्दै यादवले निर्बाचित जनप्रतिनिधि लाई जनताले काम गर्ने अबसर दिएको बताउदै यो अबसरलाइ झगडा र बिबाद गरेर खेर न फाल्न आग्रह गर्नु भयो यदि यो अबसरलाइ उपयोग गरेर जनताको चाहना अनुसार काम नगरे समयले धिक्कारने चेतावनी दिनु भयो । उहाले आफू पचरौता नगरपालिकालाइ उत्कृष्ट नगरपालिका बनाउन लागेको जानकारी दिनु भयो ।वडा नम्बर १ का अध्यक्ष जगतनारायण यदवको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष मनोज यादव,योजन शाखा प्रमुख बद्री थापा,स्वस्थ्य शाखा प्रमुख गौरी साह,लेखा प्रमुख द्वारिका चौधरी ,शिक्षा प्रमुख प्रमोद यादव,अबध भुसन यादव,दिनेस्वर यादव लगायतले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो भने सहजिकरण इमराहन आलमले गर्नु भएको थियो। तालिममा अधिवक्ताहरु देब बहादुर चौधरी,नरेन्द्र राउत र कार्यक्रम अधिकृत भरत प्रसाद यादवले प्रशिक्षण दिइरहनु भएको छ ।

२० असार २०७६, शुक्रबार १४:५४  मा प्रकाशित

Write your Comment