कोल्हबी नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न ।

३१ असार २०७६, मंगलवार १८:२९ प्रकाशित

बारा , ३१ असार
बाराको कोल्हवी नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । नगरसभाको नगरप्रमुख भरत बहादुर भण्डारीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन पछि नगर प्रमुख भन्डारिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
भण्डारीले प्रस्तुत निती तथा कार्यक्रममा नगरले आगामी आ.ब२०७६/२०७७ मा कृषि, पुर्वधार, राष्ट्रिय गौरवका आयोजनाको सहकार्य, पर्यटन, स्वास्थ्य र शिक्षाको सुधारमा जोड दिइएको छ । नगरले सवै वडासंग सडक सञ्जाल जोड्न चक्रपथ निर्माणका लागि संभाव्यता अध्ययन प्रक्रिया अगाडी बाढाउने तयारी गरेको छ । त्यस्तै युवाहरुलाई कृषिक्षेत्रमा आकर्षित गर्ने र पशुपालनमा व्यावसायीकतालाई जोडदिन विशेष कार्यक्रमको योजना समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
नगरसभामा उपप्रमुख सुनैनादेवी चौधरी ले अगामी आर्थिक वर्ष २०७६/२०७७ को करिब ७५ करोड, १७ लाख ६१ हजारको बजेट प्रस्तुत गर्नु भयो । आ.ब. २०७६/२०७७ मा संघीय सरकारबाट समानिकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र सममपुरक अनुदान गरि ३३ करोड ९५ लाख, प्रदेश सरकारबाट २ करोड ४३ लाख ६ हजार अनुमानित आम्दानी रहने प्रस्तुत बजेटमा उल्लेख छ । त्यस्तै राजश्व वाँडफाँडतर्फ १२ करोड ११ लाख अनुमानित आम्दानी हुने उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
गतवर्ष कोल्हवी नगरपालिकाले वास्तविक खर्चतर्फ बजेट ४० करोड, ३६ लाख ९१ हजार रुपैयाँ रहेको थियो । जसमा संघीय सरकारको अनुदान २८ करोड ३७ लाख ९ हजार, प्रदेश सरकारबाट ४७ लाख ६८ हजार र राजश्व वाँडफाँडबाट ७ करोड ३६ लाख ९८ हजार आम्दानी गरिएको जनाईएको छ । नगरसभा उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले स्वगत गर्नु भएको  थियो ।    कार्यक्रममा ११ वटै वडाका वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

३१ असार २०७६, मंगलवार १८:२९  मा प्रकाशित

Write your Comment