प्रदेस २ सरकार आफनै अध्यक्ष सहभागी संघीय सरकारका विरुद्धमा सर्बोच्चमा /उठ्यो नैतिकताको प्रश्न ।

१६ श्रावण २०७६, बिहीबार २०:३३ प्रकाशित

काठमाडौ १६ श्रावण
संविधानले दिएको अधिकार खाेसेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वाेच्चमा बिहिबार मुद्दा दायर भएको हो संविधानले राष्ट्रिय वनको संरक्षण र ब्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएपनि राष्ट्रिय वनको रूपमा रहेकोे सागरनाथ वन विकास परियोजनालाई संघीय (केन्द्र) सरकारले अधिकार मिचेर कम्पनीमा रुपान्तरण गरी आफ्नो मातहतमा ल्याउन खोजेको मन्त्रालयको दाबी छ ।
‘प्रदेशको अधिकारलाई संघीय सरकारले पुनः हड्पन खोजेको छ’ प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भने, ‘प्रदेशभित्रको वनलाई कम्पनीमा रुपान्तरण गरी संघीय सरकारले आफ्नो मातहत ल्याउन खोजेकाले रिट दायर गरिएको छ ।’मुद्दमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको छ । पक्षले मुद्दामा उत्प्रेषण, प्रतिशोध र परमादेश समेत माग गरिएको छ । मुद्दामा प्रदेशका मुख्य न्यायाधिवक्ताले शुक्रबार बहस गर्ने भएका छन् ।संविधानले दिएको अधिकार खाेसेको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वाेच्चमा मुद्दा दायर भएको हो ।यस घटनाले प्रदेस र संघीय सरकारका बीचमा तिक्तता बढने देखिन्छ भने आफनै पार्टी सहभागी संघीय सरकारका विरुद्ध प्रदेस सरकार अदालत जादा नैतिकताको प्रश्न उठ्ने निश्चित छ । प्रदेस २ सरकारको नेतृत्व समाजबादी पार्टीले गरिरहेको छ भने पार्टीका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री तथा स्वास्थ मन्त्रीमा बहाल छन ।

१६ श्रावण २०७६, बिहीबार २०:३३  मा प्रकाशित

Write your Comment