बारा १९ श्रावण
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) जिल्ला कमिटी बाराले जिल्ला प्रशासन कार्यालय बारा मार्फत आज पीडितलाई उचित क्षतिपुर्ती, किसानहरु लाई समयमा मल उपलब्ध गराउनु पर्ने,क्षेतिग्रस्त घर र पुर्बाधारको पुर्णनिमाण ,हावाहुरी बाट पिडित परीवारको छुटेको घर निर्माण तथा प्रदेस २ सरकारले राहत बितरणमा गरेको मनपरी र भ्रष्टाचार को बिरोधमा प्रधानमन्त्रीलाई नेकपा जिल्ला कमिटीका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले ज्ञापनपत्र बुझाएको हो ।सो अबसरमा बारा जिल्ला इन्चार्ज बलबिर चौधरी,सहइन्चार्जहरु गोपाल ठाकुर,ज्वाला साह,केन्द्रिय सदस्य दिनेस राई जिल्ल सचिब सुन्दर बिक,प्रदेस कमिटी तथा जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको थियो । ज्ञापनपत्रमा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ र जिल्ला सचिब सुन्दर बिक हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बाराका प्रमुख जिल्ल अधिकारी राजेस पौडेललाई हस्तान्तरण गरिएको हो ।