ओलि र मोदि द्वारा पेट्रोलियम पाइपलाइनको उद्घाटन

२४ भाद्र २०७६, मंगलवार १४:३८ प्रकाशित

काठमाडौं २४ भाद्र

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको संयुक्त रूपमा उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्रीद्वय ओली र मोदीले मंगलबार क्रमशः काठमाडौंको सिंहदरबार र दिल्लीको हैदरावाद हाउसबाट मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको रिमोटबाट उद्घाटन गर्नु भएको हो ।उद्घाटन कार्यक्रम पछि भिडियो कन्फ्रेन्समार्फत ओली र मोदीले आफ्ना धारणा राख्नु भएको थियो।प्रधानमन्त्री ओलीले आजबाट नै नेपालमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको घोषणा गर्नु भयो ।, ‘ट्रेड र ट्रान्जिटलाई ध्यानमा राखेर गरिएको यो महत्वपूर्ण परियोजना भएको र यसलाई कार्यान्वनमा ल्याउनका लागि भारत सरकार र प्रधानमन्त्री मोदीले खेलेको भूमिकाका लागि ओलिले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

२४ भाद्र २०७६, मंगलवार १४:३८  मा प्रकाशित

Write your Comment