बारा २४ असोज
सातौ महमुद आलम स्मृती सभा परवानिपुरमा सम्पन्न भएको छ । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेस नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलको प्मुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु अच्युत मैनाली,बलबीर चौधरी,दिनेस राई,ज्वाला साह,राष्ट्रिय खेलकुद महासंघका अध्यक्ष तथा पुर्व मन्त्रि पुरुषोत्तम पौडेल संबिधान सभाकी सदस्य तथा स्व.आलम पत्नि नजमा आलमलगायतले महमुद आलमले पार्टीमा खेलेको योगदानको चर्चा गर्नु भएको थियो ।कार्यक्रमको अध्यक्षता क्षेत्रबहादुर श्रेष्ठ र सहजिकरण सुन्दर बिकको रहेको थियो । तत्कालीन नेकपा एमालेका केन्द्रिय सदस्य रहेका आलमको २०७० सालको संबिधान सभा निर्वाचनमा एमालेको तर्फबाट बारा क्षेत्र नम्बर ४ को उम्मेदवारी दिएको भोल िपल्ट गोली हानि हत्या भएको थियो । नेता आलम कै हत्या अभियोगमा रामचन्द्र प्यासी जेल जिवन बिताईरहेका छन ।