बारा १० कार्तिक
नेकपाले एकै दिन जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न तीन वटा वडाहरुमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
नेकपा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० द्वारा शुभदिपावली, छठ तथा नयाँ नेपाल सम्वत ११४० को अवसरमा बाराको नितनपुरमा शुभकामना आदानप्रदान चियापान कार्यक्रम सप्पन्न भएकोछ । कार्यक्रममा नेकपा बाराका सचिब तथा प्रदेश सभा सदस्य सुन्दर बिक,जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल,नेकपाका नेताहरु मनोज पौडेल,देवनारायण चौधरी,कृष्ण खनाल,सन्जय पटेल,सुगन्धी पासवान,राजदेब पासवानलगायतले शुभकामना व्यक्त गर्नु भएकोथियो । कार्यक्रम टैट महत्तोको सभापतित्व सुरेस महत्तोको सन्चालनमामा सम्पन्न भएको थियोे । त्यसैगरी वडानम्बर १९ र २० को आयोजनामा इनरवासिरामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रम नेकपाका केन्द्रीय सदस्य दिनेस राई,पुर्ब खेलकुद मन्त्री पुर्शोत्तम पौडेल,नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ, जिल्ला सचिब सुन्दर बिक,सम्बिधान सभाका सदस्य जयराम दहाल,नेकपाका नेताहरु देब नारायण चौधरी, मनोज पौडेल,रमेस चौधरी,कृष्ण खनाल,प्रेम बराल, मोबिन आलम, रामक्षेत्री पटेललगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रम सुदन दासको सभापतित्व र श्यामसुन्दर पासवानको सन्चालनमा सम्पन्न भएको थियो । त्यसै जितपुरसिमरा वडा नम्बर १७ रामनगरको आयोजनामा पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बलबिर प्रसाद चौधरी,दिनेस राई,पुर्ब मन्त्री पुर्शोत्तम पौडेल,नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ,जिल्ला सचिब सुन्दर बिक,जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल,उप प्रमुख सरस्वती चौधरी,नेकपाका नेताहरु मनोज पौडेल,देवनारायण चौधरी,अध्यानन्द पान्डेल,नबराज खडका,सोनालाल साहलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम श्रीकाजी मोक्तानको सभापतित्वमा अत्मदेब भट्टराईको सजिकरण र भिम लामाको स्वागतमा सम्पन्न भएको थियो ।