बारा २६ कार्तीक
सिमरामा वाताबरण बिभागले जडान गरेको प्रदुषण मापन यन्त्रमा सोमबार बाट सिमराजितपुर क्षेत्रको पनि प्रदुषणको अवस्था मापन गर्ने ब्यावस्था गरीएको छ । हिजो सांझ यन्त्रले मापन गरेको प्रदुषणको मात्रा सिमरा,नेपालगञ्ज र रत्नपार्कमा अत्यधिक भएको पाइएको छ । यस अघि सिमरा मै जडान गरीएको प्रदुषण मापन यन्त्रले यस क्षेत्रको प्रदुषणको अवस्था मापन गर्ने ब्यावस्था गरीएको थिएन । त्यसको चर्को बिरोध गदै नेकपाका नेता एवंम सामाजिक अभियान्ता मनोज पौडेलले सिमराको प्रदुषण मापनको ब्यावस्था गर्न आग्रह गदै वाताबरण बिभागमा केहि दिन अघि पत्र लेखेर सिमरामा राखिएको प्रदुषण मापन यन्त्र सिमरा बाट बिभागमा फिर्ता लैजान भनेको अन्यथा सिमराबासीले हटाइ दिने चेतावनी दिनु भएको थियो ।
प्रदुषण मापन गर्ने यन्त्र औराहाको शसस्त्र क्याम्पमा छ भने यसको डिसप्ले सिमरा चोकमा जडान गरीएकोछ । जितपुरसिमराको प्रदुषणको अवस्था औराहा बाट मापन हुन्छ औराहा सिमरा भरीमा सबै भन्दा स्वच्छ बायु बहने क्षेत्रमा पर्दछ ।
सिमराको प्रदुषण मापनहुने भए पछि सामाजिक अभियान्ता पौडेलले सन्चारकर्मी संग कुरा गदै भन्नु भयो हामि सबैको माग र संघर्षबाट जितपुरसिमराको प्रदुषण मापन हुने भएको छ उधोग बाट लामो दुरीमा मापन यन्त्र रहेकोले वास्तबिक रुपमा मापन हुन सक्ने देखिदैन यस लाई नजिकमा ल्याउनु जरुरी छ तर पनि यसमा देखिने रीपोर्टले सम्बन्धित निकायलाई सचेत गराउनुको साथै वातावरण प्रदुषित बनाउने उधोगलाई कार्यवाही गर्न सहज हुनेछ ।
बिभागमा पत्राचार गरेको पत्र
यस अघि मापन गर्ने गरेको तस्बिर