राधाकृष्ण सामुदायिक वनको १२ साधारण सभा सम्पन्न

२५ माघ २०७६, शनिबार १९:१७ प्रकाशित

बारा २५ माघ

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको राधाकृष्ण सामुदायिक वन समूहको १२औं साधारणसभा तथा अधिवेशन आज सिमरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन प्रदेशसभाका सदस्य सुन्दर विकले गर्नुभएको थियो कार्यक्रममा बोल्दै विकले सबै मिलेर वन संरक्षणमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा अर्का प्रदेशसभा सदस्य सिता गुरुङ जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा कृष्ण पौडेल नेकपाका नेता मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठ कार्यपालिका सदस्य सोभा कारकी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, मुसहरअनि माई बन समुहका अध्यक्ष कुवेर नेउपाने श्री नेता उच्चमावि सिमराका प्राचार्य शंकराचार्य लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । साधारणसभाको बन्दसत्रले सत्य श्रेष्ठ को अध्यक्षतामा १३ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको उपाध्यक्षमा कबिता कुमारी सूबेदी,सचिवमा लेखनाथ खतिवडा र कोषाध्यक्षमा उदय श्रेष्ठ निर्वाचित गरेको छ । साधारणसभा चोला बहादुर पण्डितको सभापतित्वमा राम पोखरेलको सहजीकरणमा सम्पन्न भएको थियो ।

२५ माघ २०७६, शनिबार १९:१७  मा प्रकाशित

Write your Comment