पूर्व सचिव कार्कीको घरमा कामदार मृत,श्रीमती घाइते अवस्था फेला

२०७६ माघ २७, सोमबार प्रकाशित

काठमाडाैं, २७ माघ 
नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको घरमा कामदार मृत फेला परेका छन् भने श्रीमती गम्भिर घाइते अवस्थामा फेला परेका छिन् ।
सोमबार बिहान ललितपुरको सानेपास्थित आफ्नै निवासमा पत्नी मुना कार्कीलाई अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घरमा काम गर्ने विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
भान्छा कोठामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको छ ।

Write your Comment