वरिष्ठ नेता नेपालको संयोजकत्वमा संविधान संशोधनका लागि कार्यदल बनाउने नेकपाको निर्णय

११ फाल्गुन २०७६, आईतवार १८:४१ प्रकाशित

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।
शनिबार बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा कार्यदल गठन गरेको हो ।
नेता नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेका छन् । नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ ।

११ फाल्गुन २०७६, आईतवार १८:४१  मा प्रकाशित

Write your Comment