औराहामा रहेको घन्टीमाई साकोसको दुईतले भवनको शिलान्यास

२८ फाल्गुन २०७६, बुधबार ११:०१ प्रकाशित

बारा २८ फागुन
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामामा रहेको घन्टी माई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनको आज एक समारोहका बीच शिलान्यास गरिएको छ । भवनको प्रदेशसभाका सदस्य सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङले गर्नुभएको हो । ३५ लाख ३८ हजार लागतमा निर्माण हुन लागेको दुई तले भवनमा सुविधा सम्पन्न सभाहलको रहनेछ । कार्यक्रममा प्रदेश सभा सदस्य सीता गुरुङले आफ्नो विकास बजेटबाट ५ लाख दिने घोषणा गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सहकारी संस्थाकी अध्यक्ष कोपिला सिम्खडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख कृष्ण पौडेल,वडा नं ४ का अध्यक्ष भोजबहादुर खत्री,जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, प्रगतिशिल बनका अध्यक्ष रमेश खरेल, कृषि सहकारी संस्थाका अध्यक्ष मदन बहादुर क्षेत्री,वडा सदस्य अमिताभ चौधरी हातेमालो साकोस दिपक भट्ट, सहकारीकर्मी कमल पौडेल,युवा अगुवा त्रिलोक बिक्रम साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भवन खड्का र स्वागत थानेश्वर पौडेलले गर्नुभएको थियो ।

२८ फाल्गुन २०७६, बुधबार ११:०१  मा प्रकाशित

Write your Comment