बारा २चैत्र
कार्यक्रमका प्रमुख अतिथिलाई पहिरयाउन तयार गरिएको माला जनतालाई लगाईएको छ । पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई लगाउनका लागि तयार गरिएको ५१ किलोको माला निर्वाचित वडा अध्यक्ष जनाबी खातुनलाई नै लगाईएको हो । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ४ को नयाँ भवनको शिलन्यासको क्रममा वडा नम्बर ४ की अध्यक्ष खातुनलाई लगाइएको हो । बाराको करैयामाई जस्तो गाउँपालिकामा मुस्लिम महिलाले वडा अध्यक्षमा निर्वाचित भएर जनताको सेवामा समर्पित भएकोले पूर्वमन्त्री यादवलेआफूले माला नलगाउने भनेर सम्मान स्वरुप सो माला वडाअध्यक्ष खातुनलाई लगाई दिनु भएको हो । सो कार्यक्रममा पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथीमा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेल रहनुभएको थियो प्रमुख अतिथि तथा विशिष्ट अतिथिले महिला सशक्तिकरण र समाजमा पुराएको योगदानको कदर गर्दै वडा अध्यक्ष लाई स-सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री मातृका यादवले पार्टीमा कसैलाई पनि मन पनि गर्ने अधिकार नभएको बताउनुभयो । उहाँले पार्टी भित्र रहेर मनपरी गर्ने,फटही गर्ने का दिन अब गएको चेतावनी दिनुभयो । वर्तमान कम्युनिष्ट सरकारले नै शोषित पीडित जनताको पक्षमा काम गर्नुपर्ने अन्यथा कम्युनिस्टको इतिहास समेत समाप्त हुने भएकोले कार्यकर्ताले सरकार र पार्टी नेतृत्वलाई सहि दिशामा ल्याउन र राम्रो काम गर्नको लागि दवाव दिनुपर्ने स्पष्ट पार्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले करैयामाईका जनताको आफू सुखदुःखको साथी भएकोले यहाँका हरेक समस्याहरुको समाधान गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गर्दै कलैया भवानीपुर कोल्हवी सडक ,सिमरा नयाँबस्ती कोल्हबी सडक र लौतन करैया मधुबन नयाँवस्ती सडक निर्माण गर्नका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यहाँका हरेक समस्याहरु पूरा गर्न वर्तमान सरकार, आफ्नो पार्टी र आफू हरतरहले लागिपर्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा संविधानसभाका सदस्यहरू गोपाल ठाकुर जयरखम दाहाल,नेकपा केन्द्रीय सदस्य दिनेस कुमार राई, करैयामाई वडा नं ४ का अध्यक्ष सोनालाल साहको लगायतले बोल्नुभएको थियो आजै वडा नम्बर ४को कार्यालय भवनको पूर्वमन्त्री यादवले शिलान्यास गर्नुभएको छ कार्यक्रमको सभापतीत्व वडा अध्यक्ष जनाबी खातुनले गर्नुभएको थियो ।