बारा ६ बैसाख
कोल्हवीनगरपालिकाले नगरपालिकाभित्रका ३ हजार गरिब,असाहय र कृषि मजदुरहरुका घरधुरीलाई राहत वितरण गरेको छ ।
केन्द्र र प्रदेश सरकारले जारी गरेको राहत निर्देशिकाका आधारमा नगरपालिकाले परिवार संख्याको आधारमा तीन किसिमको प्याकेज निर्माण गरेर राहत वितरण गरेको कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारीले बताउनुभयो । पहिलो प्याकेजमा २ जनाको परिवार,दोस्रो प्याकेजमा चार जनाको परिवार र तेस्रो प्याकेजमा ६ जनाभन्दा बढीको परिवार गरी सोहि अनुसार खाधान्नको प्याकेज बनाइएको थियो ।
पहिलो प्याकेजमा १० किलो चामल, आधा लिटर तेल,एक किलो नुन,१ किलो दाल र २ किलो आलु समावेश गरी प्केज बनाइएको थियो । त्यसरी गरी दोस्रो प्याकेजमा २० किलो चामल,एक लिटर तेल, दुई किलो दाल,तीन किलो आलु र एक किलो नुन रहेको छ । त्यसैगरी तेस्रो प्याकेजमा २५किलो चामल, पाँच किलो आलु, दुई किलो दाल, दुई किलो नुन,एक लिटर तेल को प्याकेज निर्माण गरिएको थियो । तयार गरिएको प्याकेज नगरपालिकाका ३ हजार घरपरिवारलाई वितरण गरिएको कोल्हवी नगरपालिकाका प्रमुख भारत भण्डारीले बताउनुभयो । अझै ४सय जतीलाइ वितरण गर्न बाँकी छ बाँकी रहेको लाई एक दुई दिन भित्र नै वितरण गर्छौ प्रमुख भण्डारीले भन्नुभयो । नगरपालिकाले क्वारेन्टाइन समेत सञ्चालन गरेको र बाहिरबाट आएका लाई क्वारेन्टाइनमा राखिएको र अन्तिम परीक्षण गरी घर पठाउने प्रमुख भण्डारी जानकारी दिनुभयो ।