कालोबजारी गरेको आरोपमा गुटखा ब्यापारी चौरसिया पक्राउ अन्य पाँच दण्डीत

१६ बैशाख २०७७, मंगलवार २१:४८ प्रकाशित

बीरगंज  १६ बैशाख :

प्रहरीले एक जना किराना ब्यापारीलाई मंगलवार पक्राउ गरेको छ । वीरगन्जको माईस्थान मन्दिर नजिकै रहेको न्यू निखिल जेनरल स्टोरका संचालक गौत्तम चौरसियालाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार पक्राउ परेको चौरसियालाई वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । चौरसिया माथि प्रहरीले कालोबजारी ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।

चौरसिया रंजनीगंधा नामक गुटखाका विक्रेता हुन । अहिले ४५ रुपैया पर्ने रंजनीगंधा बजारमा लुकीछिपी ९० देखि १०० सय रुपैयामा विक्री वितरण हुँदै आएको र यसको सप्लाई गौत्तम चौरसियाले नै गर्दै आएको गुनासो आएपछि प्रहरीले पक्राउ गरेको हो ।

यसैवीच बीरगंजमा संयुक्त बजार अनुगमन टोलीले अनगुमनका क्रममा ५ वटा पसललाई कारबाही गरिएको छ ।

वीरगञ्ज–८ को रत्न जनरल स्टोर्स, वीरगञ्ज–५ को राजेश किराना सप्लायर्स, रोशन किराना पसल, वीरगञ्ज–१२ उजाला स्टोर र वीरगञ्ज आरसी फुड प्रोडक्टसलाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले जनाएको छ ।

आरसी फुडलाई १० हजार र अन्य पसललाई ५र५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रवक्ता दिलिप खंग खत्वेले जानकारी दिनु भाये  । पसलहरुले खरिद बिल नदिएपछि टोलीले कारवाही गरेको हो ।

अनुगमन टोलीमा कार्यालयका प्रमुख जीतबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत लगायत सहभागी थिए ।

१६ बैशाख २०७७, मंगलवार २१:४८  मा प्रकाशित

Write your Comment