धरौटीमा रिहा भए लगत्तै सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसंधानका लागि पक्राउपरे सुलभ अग्रवाल

२०७७ बैशाख १८, बिहिबार प्रकाशित

काठमाडौं १८ बैशाख
कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका जगदम्बा स्टिल प्रालि सिमराका सञ्चालक सुलभ अग्रवाल पुन पक्राउ परेका छन् ।
अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उहले बताउनुभयो ।

Write your Comment