जितपुरसिमरा उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७७ बैशाख २१, आईतबार प्रकाशित

बारा २१ बैशाख

नेकपाका नेता तथा संविधानसभाका सदस्य जयराम दाहालको पहलमा बाराको जितपुरसिमरा उपमहानगरपालिका लाई आज एक समारोहका बीच नेकपा उपमहानगर कमिटी मार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आज आयोजित कार्यक्रममा दाहालले जितपुर सिमराका प्रमुख कृष्ण पौडेल लाइ हस्तान्तरण गर्नुभएको हो । २० पिस पिपिइ सेट, ग्लोब,मास्क र सेनिटाजरलगायत लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राई,जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जितपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरी,इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोबिन्द पुरी,नेकपाका नेताहरु गीता कडेल,राजन पौडेल,मनोज पौडेल,कृष्ण खनाल,धन ब श्रेष्ठ, रामशरण बर्तौला,शोभा कार्की, वडा नं २ का अध्यक्ष तिलक बहादुर श्रेष्ठ, कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, घनश्याम भट्टराई, धनबहादुर श्रेष्ठ,दिपक चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment