नेकपाका नेता मैनालीको पहलमा बाराका ३ वटा पालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण

२९ बैशाख २०७७, सोमबार १६:४० प्रकाशित

बारा २९ बैशाख
नेकपाका नेता तथा प्रधानमन्त्रीका पूर्व सल्लाहकार अच्युत मैनालीको पहलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका,कोल्हवी नगरपालिकामा संचालित क्वारेन्टाइन र प्राथमिक स्वास्थ्य केन्द्रहरुनिजगढका लागि र ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयामा ६० पिस पिपिइ , मास्क,सेनिटाइजर आज विभिन्न स्थानमा समारोह आयोजना गरी हस्तान्तरण गरिएको छ । बाराको निजगढका युवा व्यवसायी मनोज भारती को तर्फबाट पीपीइ र स्वास्थ्य मन्त्रालयको तर्फबाट प्राप्त अन्य सामाग्रीहरु ३ वटै पालिका, प्राथमिक स्वास्थ्य केन्द्र निजगढ र ट्राफिक कार्यालय पथलैयालाई आज हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै नेता मैनालीले सबै मिलेर कोरोनाभाइरसलाइ हराउन सकिने उल्लेख गर्नुभयो । उहाँले आवश्यकताअनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेको समेत जानकारी दिनुभयो । छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल, उपप्रमुख सरस्वती देवी चौधरी, कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारी, निजगढ नगरपालिकाका प्रमुख सुरेस कुमार खनाल, उपप्रमुख लीलादेवी लामिछाने,प्रदेस ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख श्यामकुमार महतोलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राई,नेकपाका नेताहरु रविराज दङ्गाल,मनोज पौडेल,आनन्द थामी, जितपुर सिमरा उपमहानगरपालिका कार्यपालिका सदस्य सुभद्रा न्यौपाने, रामशरण बर्तौला, केदार बजगाईं, रामदास दास ध्वजु,तराई यातायात व्यवसायी सङ्घका अध्यक्ष शंकर कुमार बिष्ट, कोषाध्यक्ष नारायण घिमिरे, सामाजिक अभियान्ता सरीता सापकोटा,सिता सुबेदी,पेशल मुल्मी,डा अनुस था लगायतको उपस्थिति रहेको थियो ।

२९ बैशाख २०७७, सोमबार १६:४०  मा प्रकाशित

Write your Comment