बाजुराको क्वारेन्टिनमा ६५ वर्षीय पुरुषको मृत्यु

२४ जेष्ठ २०७७, शनिबार १३:५८ प्रकाशित

कैलाली २४ जेठ :

बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । ‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ,’ वडाध्यक्ष रावतले भने, ‘उहाँलाई अरु केही समस्या थिएन ।’
उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘स्वास्थ्यको टोली आउँदै छ । त्यति बेलासम्म शवलाई छुट्टै राखेका छौँ,’ वडाअध्यक्ष रावतले भने, ‘स्वाब संकलन गरेर रिपोर्ट आएपछि बल्ल शवको व्यवस्थापन गरीने उनले बताए

२४ जेष्ठ २०७७, शनिबार १३:५८  मा प्रकाशित

Write your Comment