बारा २६ जेठ :
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थीत सडक हनुमान मन्दिरको सडक निर्माणकार्यको आज एक समारोहका बीच शुभारम्भ गरिएको छ । प्रदेशसभाका सदस्य सुन्दर बि क को निर्वाचन विकास कार्यक्रमअन्तर्गत रु ५० लाखमा सो सडक निर्माण हुन लागेको हो । प्रदेशसभाका सदस्य सुन्दर विकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधानसभाका सदस्य जयराम दाहाल,प्रदेशसभा सदस्य सिता गुरुङ,जितपुर सिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरी,नेकपाका केन्द्रीय सदस्य दिनेश राई,नेकपाका नेताहरु राजन पौडेल,मनोज पौडेल,अमृतलाल श्रेष्ठ,बेनी प्रसाद तिमल्सिना,कमल भट्ट,अप्सरा, बर्तौला,अम्बिका घिमिरे, युवा नेताहरु ईश्वर थपलिया,गौरव नेपाल,तारा पौडेल लगायतको उपस्थिति रहेको थियो ।उपभोक्ता समितिका अध्यक्ष प्रेम बरालको सभापतित्वमा र रंजीत सापकोटाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।