५० लाखमा अमलेखगंजको हात्तीसार जाने सडक निर्माणको काम सुरु

३ असार २०७७, बुधबार १७:३५ प्रकाशित

बारा ३आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज अन्तर्गत पर्यटन क्षेत्रको रुपमा बिकसित हुनलागेको हात्ती सार जाने सडकको ढलान कार्यको आज एक कार्यक्रमका बीच शुभारम्भ गरीएको छ । प्रदेश सभा सदस्य सिता गुरुङको निर्वाचन बिकास कार्यक्रम अन्तर्गतकाे ५० लाख बिनियाेजित बजेटबाट उक्त सडक निर्माण हुन लागेको हो । कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्य सुन्दर विकले आफू पर्यटन विकासको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सीता गुरुङले आफू अमलेखगंजको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेकपा बाराका अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ,नेकपाका नेताहरु राजन पौडेल, मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष कृष्ण शाही ठकुरी,होटल तथा पर्यटन ब्यवसायी संघ प्रदेश नम्बर २ का सचिव मोहन शर्मा,नेकपाका स्थानीय नेताहरु गोपाल घलान,सुवास श्रेष्ठ,नेपाली कांग्रेसका राजकुमार मान्नधरलगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष  बिस्शु मान्नधरको सभापतित्वमा र बिकास साहको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

३ असार २०७७, बुधबार १७:३५  मा प्रकाशित

Write your Comment