बारामा देखियो सलह किरा

१३ असार २०७७, शनिबार ११:३१ प्रकाशित

बारा १३ आषाढ :
नेपालका विभिन्न स्थानमा सलह किरा देखापरेको छ । आजमात्रै बाराको निजगढ,सिमरा लगायतका स्थानहरुमा देखा परेको हो । यो किरात देखिए सँगै किसानहरुमा त्रास छाएको छ । यसअघि भारतको उत्तर प्रदेशमा देखापरेको थियो यससम्बन्धमा नेपाल सरकार कृषि मन्त्रालयले बिज्ञहरुको अनुसन्धान टोली गठन गरेको थियो । टोलीको अनुसन्धान पछि नेपालमा सलह किरा आउन नसक्ने स्पष्ट समेत पारिसकेको थियो । सलहकिराको समूहले एकै रातमा बिगौ बिगहा जमिनमा लगाएको बाली नष्ट गर्ने गर्दछ ।

जिल्ला कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सलहकिरा बारामा आएको पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो बारामा सलह किरा यो भन्दा बढी बढ्यो भने बालीमा क्षति हुन्छ ।

१३ असार २०७७, शनिबार ११:३१  मा प्रकाशित

Write your Comment