एसियन मनि ट्रान्सफरको शाखा नितनपुरमा शुरु

२० असार २०७७, शनिबार २०:१४ प्रकाशित

बारा २० आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुरमा मनि ट्रान्सफरको शाखाको आज एक समारोहका बिच उद्घाटन गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरीले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा जितपुरका पूर्व गाविस अध्यक्ष देवनारायण चौधरी,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,रेडियो आकाशवाणीका अध्यक्ष राजु राज गिरी, वडा नम्बर ७ का सदस्य दुर्गा रिजाल, एभरेष्ट बैंक सिमरा शाखाका म्यानेजर सिद्धार्थ पराजुली,यामाहा सो रुम जितपुरका संचालक मुग्लेआजम मंसुर ,कमरुल अंसारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम आसा दाहालको सहजीकरण र एसियन मनि ट्रान्सफरका संचालक म. नुरुल्ला अंसारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

२० असार २०७७, शनिबार २०:१४  मा प्रकाशित

Write your Comment