आज थपिए ११८ जना कोरोना संक्रमित,नेपालमा संक्रमितको संख्या १६६४९ पुग्यो ।

२६ असार २०७७, शुक्रबार १६:३६ प्रकाशित

काठमाडौं २६ आषाढ :
आज नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो।

२६ असार २०७७, शुक्रबार १६:३६  मा प्रकाशित

Write your Comment