थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

१३ श्रावण २०७७, मंगलवार १६:३१ प्रकाशित

काठमाडौं १३ श्रावण :
मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भयो।
सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ ।

१३ श्रावण २०७७, मंगलवार १६:३१  मा प्रकाशित

Write your Comment