वीरगन्जमा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना,संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी

१५ श्रावण २०७७, बिहीबार ११:०२ प्रकाशित

वीरगन्ज १५ श्रावण :
नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्साका रहेका छन ।

नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सक सहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो । ‘३ वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिलासहित ५३ जना नयाँ संक्रमित भएका छन्, र त्यसमा ‘दुई बालबालिका समेत संक्रमित भएको उहाँले बताउनुभयो ।

वीरगन्जस्थित आर्मी ब्यारेकका थप दुई जवानमा कोरोना देखिएको छ । बाराका संक्रमितमध्ये कलैयाका एक जना र जितपुर स्वास्थ्य चौकीका एक र अर्का निजि ल्याबका स्वास्थ्यकर्मी हुन् । पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली–५ का तीन जना संक्रमित छन् । अन्य संक्रमित वीरगन्ज महानगरपालिका–३ छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोटका हुन् ।

१५ श्रावण २०७७, बिहीबार ११:०२  मा प्रकाशित

Write your Comment