वीरगञ्जमा कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको मृत्यु

१६ श्रावण २०७७, शुक्रबार १०:०० प्रकाशित

वीरगञ्ज १६ श्रावण :

कोरोना संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था गम्भिर नै थियो,’ डा. उपाध्यायले भने, ‘आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार ग¥यौं तर बचाउन सकिएन ।

१६ श्रावण २०७७, शुक्रबार १०:००  मा प्रकाशित

Write your Comment