थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण २६, सोमबार प्रकाशित

काठमाडौं २६ श्रावण :
पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।

Write your Comment