बारा ११ भाद्र :
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक बहादुर श्रेष्ठले जितपुर सिमरा नगर उद्योग वाणिज्य संघद्वारा जारी गरिएको विज्ञप्ति गैर जिम्मेवारीपूर्ण भएको बताउनुभएको छ आज सिमराको वडा नम्बर २अन्तर्गत हुनेले दिएर जानु,नहुनेले लिएर जानु भन्ने फुड बैक सिमरा कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । गत मंगलवार जितपुर सिमरा नगर उधोग संघका अध्यक्ष संजय साहले जारी गर्नूभएको विज्ञप्तिमा वडा नम्बर १ र २ ले निगरानी समिति बनाएर साम्प्रदायिकता फैलाउन लागेको आरोप लगाउनुको थियो, सोही विज्ञप्तीको जवाफमा वडा अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य सङ्घको विज्ञप्ति गैर जिम्मेवारी पुर्ण रहेको बताउनुभएको हो। उहाँले कतिपय उद्योगले गरेको बदमासीका कारण यस क्षेत्रमा संक्रमण बढेकोले निगरानी गरिएको स्पष्ट पार्नुभयो । मापदण्डअनुसार चलेका उद्योगहरुलाइ कुनै रोक टोक छैन, तर मापदण्डविपरीत बाहिरबाट जुनसुकै समुदाय वा जातका मजदुर ल्याउदा त्यसको स्वास्थ्य परीक्षण हुनुपर्ने,उधोग मा क्वारेन्टाइन गर्नू पर्ने आफुहरुको अडान रहेको स्पष्ट पार्दै यस क्षेत्रमा भ्रम सिर्जना नगर्न नगर उद्योग वाणिज्य संघलाई चेतावनी समेत दिनुभयो । सिमरामा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ,अहिले धेरै संक्रमित हुनुहुन्छ उहाँहरुलाई हामीले हेरिरहेका छौं,उहाँले भन्नु भयो तर नगर उद्योग वाणिज्य संघले गलत अफवाह फैलायो त्यस्तो अभिव्यक्ति सच्याउन आग्रह गर्दछु ।
कार्यक्रममा नेकपाका नेता मनोज पौडेल कार्यपालिका सदस्य शोभा कार्की वडा सदस्यहरु धनबहादुर श्रेष्ठ रामचन्द्र अधिकारी युवा अभियान्ता हरु कृष्ण अधिकारी,शुसिल ढकाल,प्रकाश ढुंगाना,राम अधिकारी,आर के भट्टराई, श्रीराम रेग्मी, राजकुमार न्यौपाने, रबिन्द्र खकुरेल लगायतको सहभागिता रहेको थियो ।
सिमराका युवाहरुले आयोजनामा गरेको कार्यक्रममा रु१२४०० । नगद,२२ बोरा चामल,१८ ली तेल,३१ केजी दाल संकलन भएको र संकलीत खाद्य सामाग्री आजै वडा नम्बर १ मा बितरण गरीने अभियान्ता रबिन्द्र खकुरेलले जानकारी दिनुभयो ।