बितेको २४ घण्टामा १२२८ जनामा कोरोना पुष्टि

२०७७ भाद्र १८, बिहिबार प्रकाशित

काठमाडौं १८ भाद्र :

पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Write your Comment